एमाले सङ्ग तुलना गर्न मिल्ने कुनै पार्टी छैन–ःपौडेल

हेटौडा न्युज
१५ कार्तिक २०७८, सोमबार १३:४६
;

मकवानपुर । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले सङ तुलना गर्न मिल्ने कुनै पनि पार्टी नभएको बताएका छन् ।

सोमबार हेटौंडा १५मा ठूलो सुकौली सडकको शिलान्यास गर्दै एमाकेका केन्द्रिय सदस्य एबम बागमती प्रदेश सह इन्चार्ज समेत रहेका पुर्व मुख्यमन्त्री पौडेलले ३ महिनासम्म सरकार बनाउन नसक्ने गठबन्धनले मुलुक बनाउने कल्पना गर्न नसकिने बताए । एमाले सरकारबाट बाहिरीएपनी देशब्यापी रुपमा पार्टी प्रवेशको लहर नरोकिएको उनको भनाई छ ।

अहिले ५ वटा पार्टी एकातिर भएपनी एमालेले सबैलाई पराजित गर्ने क्षमता राख्ने उनले दाबी गरे । उनले आगामी निर्वाचनमा बहुमत प्राप्त गरि एमालेको एकल सरकार बन्ने तर्क गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*