एमालेको झण्डा बोक्ने जनता नभएपछि गैंडालाई बोकाए: माधव नेपाल
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले झण्डा बोक्ने जनता नभएपछि गैंडालाई बोकाएको भन्दै व्यङ्ग्य गरेका छन ।
भरतपुरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै नेता नेपालले एमाले पतनको बाटोमा रहेको बताउँदै यस्तो व्यङ्ग्य गरेका हुन् । एमालेले १० औं राष्ट्रिय महाधिवेशनको प्रचारका लागि पार्टीको झन्डा एक सिंगे गैंडाले बोकेको लोगो सार्वजनिक गरेको छ । सोही लोगोलाई लिएर नेता नेपालले यस्तो व्यङ्ग्य गरेका हुन् ।
उनले भने, ‘मजदुर, किसानले बोक्नुपर्ने झण्डालाई एमालेले गैंडालाई पो बोकाएछ’, उनले भने, ‘बोक्ने जनता छैनन्, यो राम्रो चरित्र र लक्षण भएन ।’ एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेप्रति निकै आक्रामक बनेका अध्यक्ष नेपालले हनुमान प्रवृत्ति बोक्नेले भविष्यमा जङ्गली जनावरै बोक्ने बताए ।











