आईतवार मकवानपुरमा ३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२६ मंसिर २०७८, आईतवार १४:५९
;

मकवानपुर । आईतवार मकवानपुरमा ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २९ जनाको पीसीआर र ७ जनाको एन्टिजेन गरी जम्मा ३६ जनाको कोरोना परिक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ५ सय १८ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार २ सय ४० जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*