एमालेका उपमहासचिव ज्ञवालीलाई कोरोना सङ्क्रमण

मकवानपुर । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।
आफूलाई हल्का लक्षणसहितको संक्रमण भएको जानकारी ज्ञवालीले ट्वीटमार्फत दिएका छन् । चारपाँच दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेट हुन पनि उनले आग्रह गरेका छन् । कुनै लक्षण देखिए कोरोना परीक्षण गर्न र सचेत हुन पनि उनले सुझाएका छन् ।