शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण भएपछि पठनपाठन बन्द

मकवानपुुर । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस सङ्क्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
एन्टिजेन परीक्षण गर्दा विद्यालयका ६ शिक्षक र ६ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो । मंगलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए ।
त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताए । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको उनले बताए ।