भारतमा ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित एक जनाको मृत्यु

हेटौडा न्युज
२२ पुष २०७८, बिहीबार ०८:००
;

मकवानपुुर । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट सङ्क्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो । भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो ।

त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको थियो । हाल ओमिक्रोनबाट सङ्क्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि विभिन्न देशहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*