नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोन पुष्टि

हेटौडा न्युज
२३ पुष २०७८, शुक्रबार १३:२२
;

मकवानपुुर । कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन नेपालमा थप २४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा सङ्कलित १ हजार १ सय ४६ नमुनामध्ये २४ वटामा नयाँ भेरिअन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जनाएको हो । यसअघि नेपालमा ओमिक्रोनका तीनवटा सङ्क्रमण पुष्टि भएको थियो ।

ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*