देशभर पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना पुष्टि

मकवानपुुर । देशभर पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ सय ६२ रहेको छ ।