आइतवार मकवानपुरमा १७ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२५ पुष २०७८, आईतवार १४:४५
;

मकवानपुर । आइतवार मकवानपुरमा १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५६ जनाको पीसीआर र १२ जनाको एन्टिजेन गरी जम्मा ६८ जनाको कोरोना परिक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ६ सय २४ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ३० जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा एक सय २७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।

Poush-2078-09-25

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*