काठमाडौंको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
मकवानपुुर । काठमाडौंको मिनभवन र बिजुलीबजारमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मिनभवनमा बागमती प्रदेश ०२–०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
यसैगरी बिजुलीबजारमा गएराति नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको मृत्यु भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरले जनाएको छ । ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।











