स्वास्थ्य मापदण्ड पालना गर्न प्रजिअको अनुरोध

हेटौडा न्युज
२६ पुष २०७८, सोमबार १७:५३
;

मकवानपुुर । कोरोना सङ्क्रमणदर बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनस्वास्थ्यका स्वास्थ्य मापदण्ड पालना गर्न गराउन सर्वसाधारणलाई अपिल गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणी पाण्डेले एक पत्र जारी गर्दै सर्वसाधरणलाई अपिल गरेका हुन् । मकवानपुरमा पुनः कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सबै क्षेत्रमा जनस्वास्थ्यका स्वास्थ्य मापदण्डहरु पुर्णरुपमा पालना गरी उच्च सतर्कता अपनाउन प्रजिअ पाण्डेले अपिल गरेका छन् ।

जिल्लाभित्र कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण एवं न्युनिकरण गर्न, जनजिवन सामान्यतुल्याई राख्न बढी भिड हुने गतिधिविध नगर्न, भौतिक दुरी कायम र मास्कको प्रयोग गर्न गराउन पत्रमा अपिल गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*