बुधवार हेटौंडामा ५४ जनाको स्वाब सङ्कलन

मकवानपुर । हेटौंडा –१० गोरक्षेश्वर स्वाब सङ्कलन केन्द्रबाट बुधवार ५४ जनाको स्वाब सङ्कलन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार बुधवार बिहान २२ जना महिला र ३२ जना पुरुष गरी जम्मा ५४ जनाको नमुना स्वाब सङ्कलन गराएको हो ।
सङ्कलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको निरीक्षक चौलागाईले जानकारी दिए ।