मकवानपुरमा बढ्दै कोरोना सङ्क्रमण एकैदिन ८२ जनामा सङ्क्रमण पुष्टि

मकवानपुर । बुधवार मकवानपुरमा ८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८६ जनाको पीसीआर र ५८ जनाको एन्टीजेन गरी जम्मा १ सय ४४ जनाको कोरोना परिक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ७ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ३९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा २ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६८ जनाको मृत्यु भएको छ ।
Poush-2078-09-28-New