बुधवार मकवानपुरमा ३ जनाले जिते कोरोना

मकवानपुर । बुधवार मकवानपुरमा ३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ७ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ३९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा २ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६८ जनाको मृत्यु भएको छ ।
Poush-2078-09-28-New