ऋषि केबी अभिमन्युको नयाँ भूमिकामा

मकवानपुर । अधिवक्ता ऋषि केबीको अभिमन्यु नयाँ भूमिकामा नामक कविता सङ्ग्रह बुधबार हेटौंडामा बिमोचन गरिएको छ ।
जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उक्त कवितासङ्ग्रहको बिमोचन गरेका हुन् । कविता सङ्ग्रहको विमोचन कार्यक्रममा बोल्दै लेखक केबीले कृति प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उक्त कवितासङ्ग्रहको प्रकाशक पुण्यशिला श्रेष्ठ रहेकी छिन् ।
ऋषि केबीको यस कविता सङ्ग्रह नवौं साहित्यिक कृति हो । यस कविता सङ्ग्रहमा ३५ वटा कविताहरु समावेश गरिएका छन् । लेखक केबीले साहित्य , पत्रकारिता र कलाकारिता क्षेत्रमा अनुभव बटुलिसकेका छन् । उनि हाल कानुन व्यवसायमा आवद्ध छन् ।