कोरोनाका कारण मकवानपुरमा थप २ जनाको मृत्यु

मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का ६९ वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ की ६६ वर्षीय महिला रहेकी छिन् । उक्त पुरुषको हेटौंडा अस्पतालमा आईतवार मृत्यु भएको थियो । भने महिलाको सोमवार विहान हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरमा कोरोनाका कारण मृत्यु् हुनेको सङ्ख्या १ सय ७० पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।