कोरोना भाइरस न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

हेटौडा न्युज
३ माघ २०७८, सोमबार १८:४४
;

मकवानपुर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरको आयोजना एवम् जिल्ला प्रहरी कार्यलय मकवानपुरको सहकार्यमा कोरोना भाइरस न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको बुद्ध चोकमा केन्द्रका अध्यक्ष राम बिष्ट ,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक चुडा कुमारी खड्का को उपस्थितिमा बुद्ध चोक देखी सिमा चोक ,चौघडा चोक,र पिपल बोट लगाएत क्षेत्रमा कोरोना भाइरस विरूद्धका सन्देशमुलक प्ले कार्ड सहित पैदल यात्री ,सवारी चालक ,यात्रु ,उधोगी व्यबसायी लगाएतलाई ८ सय ३५ थान माक्स वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*