मकवानपुरमा एकैदिन २ सय ८५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
४ माघ २०७८, मंगलवार १५:४४
;

मकवानपुर । मंगलवार मकवानपुरमा २ सय ८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८२ जनाको पीसीआर र एकसय ६ जनाको एन्टिजेन गरी जम्मा ३ सय ८ जनाको कोरोना परिक्षण गर्दा २ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म जिल्लामा १६ हजार ३ सय ७८ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ५० जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ८ सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ७० जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*