नेपालमा अहिले सम्मकै उच्च सङ्क्रमण १० हजार २ सय ५८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
४ माघ २०७८, मंगलवार १६:३४
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो नेपालमा कोरोना सङ्क्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै सङ्क्रमित सङ्ख्या हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २२ हजार ८ सय २८ जनाको परीक्षण गरिएको थियो ।

१७ हजार ८ सय ७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७ सय ३० र १० हजार २ सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् । भने एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*