बिहीवार मकवानपुरमा १ सय ८१ जनामा कोरोना पुष्टि

मकवानपुर । बिहीवार मकवानपुरमा १ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ८९ जनाको पीसीआर र ७१ जनाको एन्टिजेन गरी जम्मा २ सय ६० जनाको कोरोना परिक्षण गर्दा १ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १६ हजार ७ सय १ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ५९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ हजार १ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ७० जनाको मृत्यु भएको छ ।