स्थानीय तहलाई पदाधिकारीविहीन बनाउनुहुदैँन: नेता सिंह

हेटौडा न्युज
९ माघ २०७८, आईतवार १०:५७
;

मकवानपुर । सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् ।

नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पारे । शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए ।

उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावी समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*