शुक्रवार मकवानपुरमा ८१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१४ माघ २०७८, शुक्रबार १४:३२
;

मकवानपुर । शुक्रवार मकवानपुरमा ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १सय १ जनाको पीसीआर १ सय ६ जनाको एन्टीजेन गरी जम्मा २ सय ७ जनाको कोरोना परिक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १७ हजार ५ सय १६ जनामा कोरोना पुष्टि भएकोमा १६ हजार ४ सय ८० जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ८ सय ६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*