शुक्रवार मकवानपुरमा २ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त

मकवानपुर । शुक्रवार मकवानपुरमा २ सय ४६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना पुष्टि भएकोमा २ सय ४६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १७ हजार ५ सय १६ जनामा कोरोना पुष्टि भएकोमा १६ हजार ४ सय ८० जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ८ सय ६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७० जनाको मृत्यु भएको छ ।