एमाले जनसङ्गठन समन्वय संयन्त्रको बैठक बस्दै

हेटौडा न्युज
१५ माघ २०७८, शनिबार १२:५३
;

मकवानपुर । नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । चितवनमा सम्पन्न एमालेले १०औं महाधिवेशनपछि जनङ्गठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसङ्गठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनङ्गठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन र सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*