स्थानीय तहको निर्वाचन तत्काल गर्न प्रधानमन्त्री देउवाको प्रस्ताव

हेटौडा न्युज
१५ माघ २०७८, शनिबार १३:५४
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राखेका छन् ।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेका हुन् । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए । नेताहरुका अनुसार तीनै तह स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन फागुन २०७९ मा गर्ने मोटामोटी सहमति जुटेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*