आइतवार मकवानपुरमा ५३ जनामा कोरोना पुष्टि

मकवानपुर । आइतवार मकवानपुरमा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६१ जनाको पीसिआर र ५३ जनाको एन्टिजेन गरी जम्मा १ सय १४ जनाको कोरोना परिक्षण गर्दा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १७ हजार ५ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा १६ हजार ८ सय ५७ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ५ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ७० जनाको मृत्यु भएको छ ।