सोमवार मकवानपुरमा १ सय ६६ जनाले जिते कोरोना

मकवानपुर । सोमवार मकवानपुरमा १ सय ६६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना पुष्टि भएकोमा १ सय ६६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १७ हजार ४ सय ३५ जनामा कोरोना पुष्टि भएकोमा १७ हजार २३ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ४ सय २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७० जनाको मृत्यु भएको छ ।