मकवानपुर । नेपाली काङ्ग्रेसको प्रवक्तामा डाक्टर प्रकाशशरण महत चयन भएका छन् ।
डाक्टर महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए ।