एमसीसीलाई पत्र लेख्ने देउवा र प्रचण्डलाई कार्वाही गर्नुपर्छ: नेता रावल
मकवानपुर । नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्नुपर्ने बताए ।











