शुक्रवार मकवानपुरमा १५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२८ माघ २०७८, शुक्रबार १५:१५
;

मकवानपुर । शुक्रवार मकवानपुरमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३४ जनाको पीसीआर ३७ जनाको एन्टीजेन गरी जम्मा ७१ जनाको कोरोना परिक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १७ हजार ७ सय ८३ जनामा कोरोना पुष्टि भएकोमा १७ हजार ६ सय ८३ जना सङ्क्रमण मुक्त भएका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*