एमसीसीको विषयमा सत्ता गठबन्धनको बैठक
मकवानपुर । एमसीसीको विषयमा छलफल गर्न आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्दैछ ।
दिउँसो ३ बजे बस्ने बैठकले शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयास गर्ने छ । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुनसक्ने अनुमान छ ।











