शनिबारीय चित्रकला हेटौंडामा
मकवानपुर । हरेक शनिबार देशका ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक दृष्यलाई रङ्गको माध्यमबाट प्रवद्र्धन गर्ने शनिबारीय चित्रकला अभियान हेटौंडामा पनि सञ्चालन गरिएको छ । अभियानद्वारा सञ्चालित हेटौंडा संस्करण हिजो शनिबार सङ्गम चौकमा सञ्चालन भएको थियो ।
कलाकार दिवेस प्रधानको अगुवाईमा आयोजित चित्रकला कार्यक्रमको नेवा सांस्कृतिक पुचः हेटौंडा र हेटौंडा उज्यालोले संयुक्त रुपमा आयोजना गरेको हो ।
कलाकारहरुले अगाडि प्रत्यक्ष देखिएका दृश्यमा केन्द्रित भएर कलाकारहरुले चित्र कोरेका थिए । कलाकार प्रधान, अमृत सुवेदी, जीवन गुरुङ,बीएस राना, एलन राजथला, करिमा जोशी, सुजन राई, ऋतिक केबी, नवीन राई, दिलका राजा राजथला, जेनिफ श्रेष्ठ, लालसिंह थिङले चित्र आफूले अगाडी देखेको दृश्यलाई चित्रमा कैद गरेका थिए । विगत ३ वर्षदेखि देशका विभिन्न स्थानमा यस प्रकारको चित्रकला अभियान सञ्चालन गरिँदै आइएको अभियानका सदस्य दिवेश प्रधानले बताएका छन् ।
राष्ट्रिय तथा स्थानीय कलाकारले तयार गरेका स्थलगत चित्र प्रदर्शनी समेत गरिएको थियो । अभियानका लागि हेटौंडाको पल्स इन्टरप्राइजेजले आवश्यक रङ्ग तथा कागज सौजन्य गरेका थिए ।











