प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

हेटौडा न्युज
१२ फाल्गुन २०७८, बिहीबार ११:४८
;

मकवानपुर । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

सिंहदरबारमा नेकपा एस र जसपाका नेताहरूसँग छलफल गरेलगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित जसपा नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाको उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा छन् । सरकारले एमसीसी आज संसदमा छलफल गराएर भोलि पारित गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*