काङ्ग्रेस मकवानपुरको सभापतिमा आनन्दराम पराजुलीको उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली काङ्ग्रेस १४ औं जिल्ला अधिवेशनमा मकवानपुरको सभापतिमा आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।
आज हेटौंडामा पत्रकार सम्मेलन गर्दे पराजुलीले काङ्ग्रेस मकवानपुरको सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले काङ्ग्रेसलाई बलियो बनाउन आफुले काङ्ग्रेस मकवानपुरको नेतृत्व गर्न अघि बढेको बताए ।

उनले भने ‘कम्युनिष्टको लालकिल्ला भनेर चिनिएको मकवानपुरलाई काङ्ग्रेस किल्ला बनाउन मैले काङ्ग्रेस मकवानपुरको नेतृत्व गर्न लागेको हुँ’ उनले आउँदो स्थानीय निवार्चनमा मकवानपुरलाई काङ्ग्रेसकिल्ला बनाउने बताए ।











