सत्ता गठबन्धन टुट्दैन: प्रचण्ड
मकवानपुर । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् ।
एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको उनको भनाइ छ । शनिबार सिंहदरबारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच यसै विषयमा छलफल भएको थियो ।
छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया दिए ।











