माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

हेटौडा न्युज
२० फाल्गुन २०७८, शुक्रबार १४:०३
;

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा सुरू भएको छ ।

बिहान ११ बजे तय गरिएको बैठक २ घण्टापछि सुरू भएको हो । माओवादीको आजको केन्द्रीय समिति बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयनको छ । एमसीसी अनुमोदनपछि बढेको आन्तरिक असन्तुष्टीले बैठकमा प्रवेश पाउने बताइएको छ ।

एमसीसीमा असन्तुष्ट नारायणकाजी श्रेष्ठलगायतका केही नेताले छुट्टै छलफल चलाइसकेका छन् । केन्द्रीय कमिटीमा कुरा राखेर पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मको विकल्पमा उनीहरू छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*