माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक आईतवार
मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ ।
एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुसमोदन भएपछि पार्टीभित्र देखिएको विवाद समाधान लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।
अर्को बैठक पर्सी आईतवार ११ बजे बस्ने बताइएको छ । आजको बैठकमा एमसीसी पारित गर्ने पार्टीको निर्णय अनुसमोदनका लागि पेस भएको छ ।











