माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

हेटौडा न्युज
२२ फाल्गुन २०७८, आईतवार ०९:२७
;

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

आज ११ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए ।

त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त छन् । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भए पनि गृहकार्य गर्नका लागि भन्दै शनिबारको दिन बैठक स्थगित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*