माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको समय सर्यो

हेटौडा न्युज
२२ फाल्गुन २०७८, आईतवार ११:००
;

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको समय सरेको छ ।

आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने केन्द्रीय सदस्य रापप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा शुक्रबार बोलेका थिए ।

माओवादी केन्द्रको दोस्रो केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*