खुल्ला महिला दौड प्रतियोगितामा अमृता मुक्तान उपाधि बिजेता
मकवानपुर । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुरको आयोजनामा आज भएकोे ३ किलोमिटर महिला खुल्ला दौड प्रतियोगिताको उपाधि अमृता मुक्तानलले जितेकी छिन् । निर्धारित दूरी १२ मिनेट ४३ सकेण्डमा पार गर्दै अमृता विजेता बनेकी हुन् । उनले ट्रफी, र प्रमाणपत्रको साथमा १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा रितिका तिमल्सिना द्धितिय र लक्ष्मी थिङ तृतिय हुनु भएको छ । उनीहरुले क्रमशः १२ मिनेट ५४ सकेण्डमा र १३ मिनेट २३ सकेण्डमा दुरी पार गरेका थिए । समानताको लागि दौड भन्ने मुल नाराको साथ आयोजना भएको प्रतियोगितामा द्धितिय र तृतिय हुनेले क्रमसः७ हजार र नगद ४ हजार सहित प्रमाणपत्र, मेडल साथै खेल सामाग्री प्राप्त गरेका छन् ।
हेटौँडा—४ हुप्राचौरको उत्तरगेटबाट शुरु भएकोे दौड सितलमहल चोक,पुर्वीगेट हुँदै पुनःखेलमैदानमा आएर टुंगिएको थियो । खेलका गतिविधिमा महिलाहरु पनि पुरुष सरह भाग लिन सक्छन भन्ने उदेश्यलाई देखाउन नारी दिवसको दिन पारेर प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष मुक्तानले बताउनु भयो । महिलाहरुलाई खेल क्षेत्रमा आकर्षित बनाउने उदेश्यले यस प्रतियोगिता आयोजना गरेको भन्दै बागमती प्रदेशका पुर्व सामाजिक राज्यमन्त्री जुनेली श्रेष्ठले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिनु भयो । उहाँले महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य सबै एक भएर लाग्नुपर्छ ।’ महिला हरेक क्षेत्रमा अब्बल छन् भन्ने सन्देश दिनको लागि यस प्रतियोगितालले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनु भयो ।
उहाँले महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबै लाग्नु पर्नेमा समेत जोड दिनु भयो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा,वडा नम्बर—४ का वडा अध्यक्ष नविन सिग्देल,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सदस्य तथा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य सानु लामा, मदनभण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतको आथित्यता रहेको थियो ।











