काङ्ग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने

हेटौडा न्युज
२४ फाल्गुन २०७८, मंगलवार १६:५२
;

मकवानपुर । नेपाली काङ्ग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी र आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी दिन अभियान सञ्चालन गर्न लागेको हो । काङ्ग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ ।

अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ । काङ्ग्रेसले एमसीसीका बारेमा मात्रै नभएर अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*