स्थानीय तह निर्वाचनमा गठबन्धनको विषयमा केन्द्रीय समितिले निर्णय गर्छ: उपसभापति खड्का
मकवानपुर । नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताएका छन् ।
बुधबार नेपाली काङ्ग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म काङ्ग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए ।
काङ्ग्रेसले २९ फागुनदेखि एक महिनासम्म सञ्चालन गर्ने चुनाव प्रचार अभियानका विषयमा गठबन्धनको विषयमा कुनै कुरा नगरिने उपसभापति खड्काले बताए ।











