विद्यार्थीहरुले लगाए ‘एमसीसी मुर्दावाद’ को नारा
मकवानपुर । अमेरिकी अनुदान सहायता सम्झौता (एमसीसी) तथा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धिको विरोधमा विद्यार्थीहरुले हेटौडामा प्रदर्शन गरेका छन् ।
विप्लव निकट विद्यार्थी सङ्गठनले (एमसीसी) र पेट्रोलियम पदार्थको मूल्यमा बृद्धिको विरोमा हेटौडामा प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडाका विद्यार्थीहरुले र्याली सहित विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले प्रदर्शनमा एमसीसी मुर्दावाद,नो एमसीसी,पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर भन्दै नारा लगाएका थिए ।











