वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई पुरस्कार प्रदान

हेटौडा न्युज
२८ फाल्गुन २०७८, शनिबार १४:२४
;

मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ अन्तराष्ट्रिय सङ्गीत पुरस्कारबाट वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरेकोे छ ।

आज हेटौंडामा प्रतिष्ठानले कार्यक्रम गर्दै १ लाख रुपैयाँ राशीको पुरस्कार वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरेकोे हो । हेटौंडा व्यवसायी÷समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् ।

२०६४ साल देखी प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिदै आइरहेको छ । २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*