थप ६५ जनामा कोरोना पुष्टि, १ सय ९२ निको

मकवानपुर । पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६ सय ४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ सय ९२ रहेको छ ।