आफ्नो पार्टीको कार्यकर्ता बढाउन टुक्रे योजना ल्याईयो: नेत्री शाक्य
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेत्री अष्टलक्षमी शाक्यले प्रदेश सरकारले आफ्ना पार्टीको कार्यकर्ता बढाउनको लागि टुक्रे योजना ल्याएको तर्क गरेकी छिन् ।
सोमबार प्रदेशसभाको बैठक बोल्दै नेत्री शाक्यले प्रदेश सरकारले ५ लाख रुपैयाँको योजना पार्टीमा कार्यकर्ता बढाउन मुख्यमन्त्री राजेन्द्र राजेन्द्र पाण्डेले वितरण गरेको आरोप लगाइन् । उनले नयाँ पार्टीमा कार्यकता बढाउन सरकारले गलत काम गरेको बताइन् ।
उनले सरकार जनहितका काम गर्नेतर्फ नभई स्वेच्छाचारी ढङ्गबाट संविधान विरोधी गतिविधिमा अगाडि बढेको आरोप लगाइन् । शाक्यले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ती खारेज नगर्न र कर्मचारीलाई दबाब दिएर राजनीनामा दिन नलगाउन समेत आग्रह गरिन् ।











