प्रधानमन्त्री देउवा मोरङ जादैँ

हेटौडा न्युज
७ चैत्र २०७८, सोमबार ०९:१८
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि आज मोरङ जाने भएका छन् ।

प्रदेश १ का डीआईजी अरुणकुमार बीसीका अनुसार आज बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा आउनेछन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् ।

सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् । डीआइजी बीसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*