काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

हेटौडा न्युज
११ चैत्र २०७८, शुक्रबार १०:१०
;

मकवानपुर । सत्तारुढ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षालगायतमा छलफल हुने नेताहरुले बताएका छन् । काङ्ग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ ।

हालसम्मको प्रारम्भिक समीक्षा पनि हुुनेछ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणापत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*