काङ्ग्रेस, माओवादी र लोसपाबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश

हेटौडा न्युज
१४ चैत्र २०७८, सोमबार ११:४०
;

मकवानपुर । २०७४ को स्थानीय निर्वाचनमा काङ्ग्रेस, माओवादी र लोसपाबाट निर्वाचित महोत्तरीका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर काङ्ग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । सोमबार बिहान बालकोट पुगेका उनीहरूलाई अध्यक्ष ओली खादा लगाएर पार्टीमा स्वागत गरे । प्रवेश गर्नेमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख, लोसपाबाट निर्वांचित जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी, काङ्ग्रेसबाट निर्वाचित रामगोपालपुर नगरपालिकाका निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत एमालेमा प्रवेश गरेका छन् ।

यस्तै काङ्ग्रेसबाट निर्वाचित लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबाबु यादव, लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साहसमेत एमालेमा प्रवेश गरेकोे एमालेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*