राप्रपाको कार्य सम्पादन समिति गठन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित कार्य सम्पादन समिति गठन गरेका छन् ।
पार्टीको हाइकमाण्डकारुपमा गठित २० सदस्यीय समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीदेखि दिपक बोहोरासम्मका नताहरु समेटिएका छन् ।राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ ।
अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वतःकार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ । आज भएको मनोनयनबाट कार्यसम्पादन समितिको सदस्य संख्या २३ पुगेको छ ।